Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोबाइल सेवाको गुणस्तरका विषयमा अनुगमन हुने 

मोबाइल सेवाको गुणस्तरका विषयमा अनुगमन हुने 

इच्छाकामना न्युज

१५, माघ २०७७
मोबाइल सेवाको गुणस्तरका विषयमा अनुगमन हुने 
images

काठमाण्डौ, १५ माघ । मोबाइल सेवाको गुणस्तरका विषयमा धेरै गुनासो आउनथालेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमन योजना अगाडि बढाएको छ। देशका मुख्य सहर, ग्रामीण र हाइवे क्षेत्रका उपभोक्ताले कस्तो मोबाइल भ्वाइस र डाटा प्रयोग गरिरहेका छन् भनेर प्राधिकरणले तीनवटा प्रदेशको ३ हजार किलोमिटर क्षेत्रमा मोबाइल सेवाको गुणस्तर परीक्षण गर्नलागेको हो।उपभोक्ताले प्राधिकरणले तोकेअनुसारको भ्वाइस र डाटा सेवा प्राप्त गर्न सकेका छन् कि छैनन् भनेर सेवा गुणस्तर जाँच गर्न लागिएको प्राधिकरणले जनाएको छ।
यसअनुसार हाल सञ्चालनमा रहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवाको गुणस्तर परीक्षण गरिनेछ। सेवा गुणस्तर परीक्षणको लागि तीनवटा प्रदेशमा ३ हजार किलोमिटर क्षेत्र छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो । परीक्षणको लागि प्रदेश १, २ र गण्डकीका ९ वटा सहर र त्यसवरिपरिका क्षेत्रहरु छनोट गरिएको छ। जसअनुसार प्रदेश १ मा विराटनगर, बिर्तामोड र इलाममा एक हजार ५० किलोमिटर क्षेत्र परीक्षण गरिनेछ।
त्यस्तै, प्रदेश २ मा जनकपुर, धरान र वीरगन्जको एक हजार किलोमिटर क्षेत्रफलमा र गण्डकी प्रदेशको गोरखा, दमौली र कास्कीको ९ सय ५० किलोमिटर क्षेत्रफलमा यस्तो परीक्षण गर्न लागिएको हो। ३ हजार किलोमिटर क्षेत्र छनोट गर्दा यससँग जोडिएका सहरी, गाउँ, हाइवेलाई मिलाइएको अर्यालले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - ०९:५४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology