Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना

ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना

images

इच्छाकामना न्युज

१३, आश्विन २०८०
ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना
images

काठमाण्डौ । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। छातीमा समस्या आएपछि उनी शक्रबार राति नै अस्पताल भर्ना भएको बताइएको छ।

अभिनेता केसीलाई हिजो शुक्रबार नै भक्तपुरको साँगाबाट पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेका अनुसार छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको हो।

‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।

प्रहरीले आज शनिबार परेकाले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

images
प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - ०८:३६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology