आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट आज दिउँसो करिब ४ बजेतिर पनि अवैध लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका २ पर्साका २८ वर्षीय सुखलाल मुखिया विन रहेका छन् ।
पक्राउ परेका निजको साथबाट प्रहरीले नाईट्राभेट–१० ट्यावलेट २९ पत्ता (४३५ ट्याबलेट) बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार मुखियालाई बिरगञ्जबाट पोखरा तर्फ जान आउदै गरेको ग १ख ००८९ बस रोकी चेकजाँच गर्दा उनको साथबाट अवैध लागुऔषध बरामद भएको हो ।
मुखियालाई थप अनुसन्धानका लागि जिल्ला अदालत तनहुँबाट म्याद थप गरि थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।