Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

हालसम्मका सबै स्थायी शिक्षकहरुले पेन्सन पाउने

हालसम्मका सबै स्थायी शिक्षकहरुले पेन्सन पाउने

images

इच्छाकामना न्युज

१२, आश्विन २०८०
हालसम्मका सबै स्थायी शिक्षकहरुले पेन्सन पाउने
images

काठमाडौँ । हालसम्म स्थायी भएका सबै शिक्षकहरुले पेन्सन सुविधा पाउने भएका छन् । हाल २०७५ सालपछि स्थायी भएका शिक्षकहरु पेन्सन पाउनबाट वञ्चित हुँदै आएका छन् । संसदमा दर्ता भएको विधेयकमा उनीहरुलाई योगदानमा आधारित पेन्सन योजनामा समावेश गराउने भन्ने उल्लेख छ । 

उक्त विषयमा असहमति जनाउँदै पेन्सन वञ्चित केन्द्रीय समितिले आन्दोलन गर्दै आएको थियो । शिक्षा मन्त्रालय र समितिबीच भएको सहमति अनुसार शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ बमोजिम स्थायी भएका शिक्षकलाई विद्यमान ऐन र नियमावली बमोजिमको निवृत्तिभरण (पेन्सन) व्यवस्था हुने गरी विधेयकमा संशोधन गर्ने सहमति भएको छ । 

योगदानमा आधारित निवृत्तिभरण प्रणाली नयाँ ऐन प्रारम्भ भएपछि नियुक्त हुने शिक्षकहरुको हकमा लागू गर्ने सहमति भएको छ । २०७६ पछि स्थायी नियुक्ति लिएका तर लामो समय राहत तथा अस्थायी करार उमावि अनुदान दरबन्दीमा कार्य गरेका शिक्षकको हकमा पेन्सनका लागि समयावधि नपुगेमा पुरानो सेवावधि जोडेर शिक्षा ऐन २०२८ को व्यवस्था अनुसार निवृत्तभरणको व्यवस्था गर्ने सहमति भएको छ । 

त्यस्तै नेपालभर कार्यरत शिक्षकको हकमा राष्ट्रियस्तरमा परिचय पत्रको व्यवस्था गर्ने सहमति समेत भएको छ । शिक्षकको सरुवाका सम्बन्धमा परीक्षण काल समाप्त भएपछि सरुवा हुने व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनेछ । 

राहत शिक्षक, प्रारम्भिक बालविकास सहयोगी, विद्यालय कर्मचारी तथा उमाविका शिक्षकको स्थायित्व, सेवा सुविधा वृद्धि, बाल विकासलाई विद्यालय शिक्षामा समावेश गर्ने तथा विद्यालय कर्मचारीको दरबन्दी लगायतका विषय संघीय संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संशोधन गर्ने सहमति भएको हो । त्यसका लागि संघीय संसदको स्थापित विधि, मान्यता, प्रचलन र अभ्यास बमोजिम सैद्धान्तिक छलफलको प्रक्रियामा प्रवेश गर्दा उक्त मागका विषयलाई संघीय संसदको सैद्धान्तिक छलफलमा प्रवेश गराउन आवश्यक पहल गरिनेछ । 

 

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - २०:२६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology