Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा रोलरबाट डिजल चोरी गर्ने २ जना पक्राउ

आँबुखैरेनीमा रोलरबाट डिजल चोरी गर्ने २ जना पक्राउ

images

इच्छाकामना न्युज

१२, आश्विन २०८०
आँबुखैरेनीमा रोलरबाट डिजल चोरी गर्ने २ जना पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारबाट डिजल चोरी गर्ने २ जनालाई बिहिबार प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका १० रुपन्देहीका २८ वर्षीय राम बहादुर चमार र बन्दिपुर ५ तनहुँका २७ वर्षीय सुलोचन भट्टराई रहेका छन् ।

उनीहरुले बा. २० च. ७४९ नम्बरको गाडी प्रयोग गरी पृथ्वी राजमार्ग अन्तर्गत निर्माणधिन आँबुखैरेनी–पोखरा सडकखण्डमा प्रयोग भैरहेको चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी लिमिटेडको रोलरबाट डिजेल चोरी गरेका थिए । पक्राउ परेको साथबाट प्रहरीले ११० लिटर डिजेल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०८:२६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology