Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विप्लव पुत्र डा. प्रकाश र चितवनकी डा.मान्यताले गरे जनवादी विवाह

विप्लव पुत्र डा. प्रकाश र चितवनकी डा.मान्यताले गरे जनवादी विवाह

images

इच्छाकामना न्युज

११, आश्विन २०८०
विप्लव पुत्र डा. प्रकाश र चितवनकी डा.मान्यताले गरे जनवादी विवाह
images

चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाह भएको छ । बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो ।

पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए भने सामना परिवारले सांगीतिक कार्यक्रम राखेको थियो । कार्यक्रममा अन्य पार्टीका धेरै नेताहरू नगए पनि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त पुगेका थिए । प्रकाश र मान्यता चितवनमा एमबिबिएस अध्ययनका क्रममा परिचित भएका हुन् । प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् भने पार्टीको केन्द्रीय सदस्य हुन् मान्यता संघको केन्द्रीय सदस्य हुन् ।

 

images
प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - ११:३५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology