Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेपालमा भारतीय नोटमा प्रतिबन्ध, १०० भन्दा माथिका नोट राख्न नपाइने

नेपालमा भारतीय नोटमा प्रतिबन्ध, १०० भन्दा माथिका नोट राख्न नपाइने

images

इच्छाकामना न्युज

१०, आश्विन २०८०
नेपालमा भारतीय नोटमा प्रतिबन्ध, १०० भन्दा माथिका नोट राख्न नपाइने
images

काठमाडौं । अब नेपालमा १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको मंगलबार सूचनामार्फत जानकारी दिएको हो।

भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैंकले त्योभन्दा बढी भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ।

भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने जनाइएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने सूचनामा जनाइएको छ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - ०९:०८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology