मुग्लिन । यसपालीको तिहारमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा ‘दिपावली साँझ–२०८०’ कार्यक्रमको आयोजना हुने भएको छ । महिना दिन अघि मात्रै स्थापना भएको इच्छाकामना त्रिवेणी कलाकेन्द्र मुग्लिनको आयोजनामा पहिलो पटक ‘दिपावली साँझ–२०८०’ कार्यक्रमको आयोजना हुन लागेको हो ।
कार्यक्रम यहि कार्तिक २६ गते लक्ष्मीपूजाको दिन साँझपख आयोजना हुने संस्थाका सचिव पृथ्वी गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा संस्थाका विभिन्न विद्याका कलाकारहरुको नाँचगान लगायतका सांगेतिक प्रस्तुतीहरु रहनेछ ।