कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पनि नगर प्रहरी राख्ने भएको छ । नगर प्रहरी राख्नका लागि गाउँपालिकाले सोमबार एक सूचना समेत जारी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले दिएको जानकारी अनुसार पहिलो चरणमा जवान पदमा २ जना नगर प्रहरी राख्न लागिएको हो ।
