चितवन । नारायणी नदिमा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा भरतपुर ७ बुद्धचोकका विशाल मल्ल बेपत्ता भएका हुन् ।
मल्ल साढे ४ बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले प्रहरी बिट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापनको टोलीले खोजिकार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ । यसअघि हिजो गैंडाकोटका दुई दाजुभाई नारायणी नदी किनारमा डुबेर मृत्यु भएको थियो ।