Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आजदेखि बैंकको कर्जामा औसत ब्याजदर घट्यो

आजदेखि बैंकको कर्जामा औसत ब्याजदर घट्यो

images

इच्छाकामना न्युज

१, आश्विन २०८०
आजदेखि बैंकको कर्जामा औसत ब्याजदर घट्यो
images

काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो ।

बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् ।

ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी, सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।

ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, नबिल बैंक, स्टयान्डर्ड चार्टड बैंक, एनआईसी एसिया बैंक र नेपाल एसबीआई बैंक छन् । असोजका लागि ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, एनएमबी बैंक, माछापुछ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

गत महिनामा अर्थात भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर १० दशमलव ३२५ प्रतिशत रहेकोमा असोजका लागि अधिकतम ब्याजदर १० दशमलव २६४ प्रतिशतमा झरेको छ ।

आठवटा बैंकले भने अधिक तरलताका बाबजुद पनि ब्याजदर बढाएका छन् । यद्यपि, औसतमा ब्याजदर घटेको छ । केही बैंकले ब्याजदर बढाउँदैमा ब्याजदर बढ्यो भन्न मिल्दैन । नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकलाई दिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - ०८:०७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology