Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चिकित्सक कुटपिट प्रकट आज : देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

चिकित्सक कुटपिट प्रकट आज : देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

images

इच्छाकामना न्युज

३१, भाद्र २०८०
चिकित्सक कुटपिट प्रकट आज : देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
images

काठमाडौं । आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । नेपाल चिकित्सक संघले हेटौडामा चिकित्सक कुटिएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालेको हो । संघका अनुसार गत भदौं २७ गते डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको हो ।

संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०७:४०:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology