Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

images

इच्छाकामना न्युज

३१, भाद्र २०८०
प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’
images

काठमाडौं । अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् ।

विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा प्राप्त केही तथ्य र सूचना सामाजिक सञ्जाल, नेताका बोली र सञ्चारमाध्यममा आइरहे । अनुसन्धान नसकिँदै राजनीतिक शक्ति केन्द्रका घरदैलोसम्म पनि यस्ता सूचना पुगे ।

अनुसन्धान नसकीकन यसरी सूचना चुहाउँदा केही मानिस सामाजिक रूपमा दोषी करार भए । सार्वजनिक रूपमा उनीहरूको आलोचना भयो, भइरहेको छ । तर, अनुसन्धान प्रतिवेदन भने भिन्न आएका छन् ।

अनुसन्धानका क्रममा चुहाएका सूचनाभन्दा भिन्न रूपमा प्रतिवेदन आएपछि प्रहरीको भूमिकाप्रति पनि आशंका उत्पन्न भएको छ । शरणार्थी र सुन तस्करी दुवै प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएका अनुसन्धान प्रतिवेदनमा भिआइपी आरोपीलाई चोख्याउन खोजेको आरोपसहित टीकाटिप्पणी भइरहेको छ ।

प्रहरीले भने दुवै प्रकरणमा अनुसन्धान अझैं पूर्ण नभएको जनाउँदै आफ्नो बचाउ गरिरहेको छ ।

यो सामाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०७:२८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology