कुरिनटार । चितवनको इच्छाकामना, ५ मुग्लिनकी सुप्रिका गुरुङले ११ औं कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।
नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको महिला सिनियर ७३ केजी भन्दा माथी समुहमा शनिबार गुरुङले सेमी फाइनलमा आर्मीकी पार्वती बस्नेत र फाइनलमा एलिसा कपालीलाई हराएर स्वर्णपदक हात पार्न सफल भएकी हुन्।
प्रतियोगितामा ७११ महिला र १०६७ पुरुष गरी १७७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहेको नेपाल नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक भान बहादुर चन्दले बताए ।
प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी रहेको उनले बताए ।