Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै, बिजेताले उपाधिका लागि भारतसँग खेल्ने

एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै, बिजेताले उपाधिका लागि भारतसँग खेल्ने

images

एजेन्सी

२८, भाद्र २०८०
एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै, बिजेताले उपाधिका लागि भारतसँग खेल्ने
images

एसिया कप क्रिकेट अन्तर्गत आज पाकिस्तान र श्रीलंका खेल्दै छन् । सुपर फोरको आजको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरने भएकाले सेमिफाइनल जस्तै महत्वको खेल भएको छ । पाकिस्तान र श्रीलंकाबिचको खेल नेपाली सयम अनुसार दिउँसो सवा ३ बजे सुरुहुने छ । श्रील‌ंका डिफेन्डिङ च्याम्पियन हो । यदि आजको खेलमा श्रीलंका पराजित भएमा एसिया कपको फाइनलमा भारत र पाकिस्तान पहिलो पटक आमने सामने हुने छन् ।  श्रीलंका र पाकिस्तानको २–२ अंक छ भने खेल जित्ने टोलीको ४ अंक हुनेछ । भारत ४ अंकसहित प्रतियोगिताको फाइनलमा पुगेको छ ।

वर्षाका कारण खेल रद्द भएमा श्रीलंकाले फाइनल खेल्नेछ । किनभने श्रीलंकाको रन रेट पाकिस्तानको भन्दा राम्रो छ।

दुवै टोलीको यो तेस्रो र अन्तिम सुपर–४ खेल हो । साविक विजेता श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो । अर्कोतर्फ पहिलो सुपर–४ खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो भने दोस्रोमा भारतसँग २२८ रनले पराजित भएको थियो ।

श्रीलंका र पाकिस्तानबीच हालसम्म १५५ ओडीआई खेल भएका छन् । पाकिस्तानले ९२ खेल जितेको छ भने श्रीलंकाले ५८ खेल जितेको छ । ४ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ ।

पछिल्लो पटक  २०१९ मा दुवै टोली एकदिवसीयमा आमनेसामने हुँदा पाकिस्तानले वाजी मारेको थियो। पाकिस्तानले यो खेल जित्यो भने श्रीलंकामाथिको यो लगातार नवौं जित हुनेछ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खेलअघि नसिम शाह काँधको चोटका कारण एसिया कपबाट बाहिरिएको जानकारी दिएको छ । उनको स्थानमा जमान खानलाई टोलीमा समावेश गरिएको छ । हरिस रउफले पनि चोटका कारण भारतविरुद्ध बलिङ गर्न सकेनन्, उनलाई श्रीलंकाविरुद्ध पनि विश्राम दिइनेछ । रउफको स्थानमा मोहम्मद वासिम जुनियरले मौका पाएका छन् ।

खेलअघि पाकिस्तानले प्लेइङ–११ घोषणा गरेको थियो । हरिससँगै नसीम, ​​फहीम अशरफ र फखर जमान पनि बाहिरिएका छन् । उनको स्थानमा मोहम्मद हरिस, मोहम्मद नवाज, जमान खान र मोहम्मद वासिमले खेल्नेछन् ।

एसिया कप २०२३ मा पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक रन बनाएका छन् । बलिङमा हरिस रउफले उत्कृष्ट प्रदर्शन गरेका छन् ।आज कोलम्बोमा ९३ प्रतिशत पानी पर्ने सम्भावना छ ।    

दुबै टोलीको सम्भावित प्लेइङ-११

श्रीलंकाः दासुन शनाका (कप्तान), पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकिपर), सादिरा समाराविक्रमा, चारिथ असालान्का, धनंजय डी सिल्भा, डुनिथ वेल्लालागे, महिश टेकशाना, मथिश पाथिराना र कासुन।

पाकिस्तान: बाबर आजम (कप्तान), मोहम्मद हरिस, इमाम-उल-हक, मोहम्मद रिजवान (विकेटकिपर), साउद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, शाहीन अफ्रिदी, मोहम्मद वासिम जुनियर र जमान खान।

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०८:०१:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology