Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

फौजदारी मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधनविरुद्ध सबै दल एक ठाउँ

फौजदारी मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधनविरुद्ध सबै दल एक ठाउँ

images

इच्छाकामना न्युज

२७, भाद्र २०८०
फौजदारी मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधनविरुद्ध सबै दल एक ठाउँ
images

काठमाडौं । सरकारले अदालतमा विचराधीन फौजदारी मुद्दा लागेकालाई राजनीतिक रङ दिएर छुटाउने प्रयास थालेपछि त्यसविरुद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रबाहेकका दल एकै ठाउँ उभिएका छन्।सरकारले विभिन्न समय, विविध राजनीतिक दल वा समूहसँग गरेको सम्झौताअनुसार मान्छे मारेर अदालतमा हाल विचराधीन मुद्द फिर्ता लिन सकिने आशयसहित केही नेपाल ऐन संशोधन विधेयक ल्याएपछि उक्त विधेयकमा समेटिएका व्यवस्था हटाउन बहुसंख्यक दलहरू एकै स्थानमा उभिएका हुन्।

नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलले अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन दर्ता गराएका हुन्। विधेयकको संशोधनको समयसीमामा कुल ५५ संशोधन दर्ता भएका छन्। सरकारले एकै पटक ७९ मौजुदा कानुनको संशोधन तथा दुई वटा ऐन खारेजीको प्रस्तावसहित केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो।

प्रस्तावित विधेयकको दफा ६४ मा सरकार र राजनीतिक समूहबिच भएको सहमतिअनुसार मुद्दा फिर्ता लिने व्यवस्था छ।मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गरेर उक्त व्यवस्था थप गर्न खोजिएको हो। विधेयकको सैद्धान्तिक छलफलका क्रममा अधिकांश सांसदले उक्त व्यवस्थाको विरोध गरेका थिए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिक सहमतिमा उक्त व्यवस्थाबारे निर्णय हुने जानकारी प्रतिनिधिसभामा गराएका थिए। एमाले सांसद जुलीकुमारी महतोले अदालतको अनुमति लिएर मुद्दा फिर्ताको व्यवस्था गर्नुपर्ने संशोधन दर्ता गराएकी छन्। नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले जघन्य अपराध, राजद्रोह र राष्ट्रहित विपरीतका बाहेक अन्य मुद्दा फिर्ता लिन सकिने प्रस्ताव गरेका छन्।

कांग्रेस सांसद गगन थापा, प्रदीप पौडेल, प्रतिमा गौतम, जीवन परियार, सीता मिजारलगायतकले संशोधन हाल्दै उक्त व्यवस्था हटाउनुपर्ने अडान लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुलीलगायतले पनि प्रस्तावित दफा ६४ पूरै हटाउन संशोधन दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पनि उक्त व्यवस्था पूरै हटाउन संशोधन दर्ता गराएका छन्। नेपाल क्लिक्सबाट

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - ०६:४५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology