Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धमाधम खाली हुँदै नारायणगढ र भरतपुरका सटर

धमाधम खाली हुँदै नारायणगढ र भरतपुरका सटर

images

इच्छाकामना न्युज

२५, भाद्र २०८०
धमाधम खाली हुँदै नारायणगढ र भरतपुरका सटर
images

चितवन । कुनै समय सटर पाउन समस्या हुने चितवनको व्यस्त बजार नारायणगढमा क्षेत्रमा आजभोलि खाली हुँदै गएका छन् । हिजोआज बजार क्षेत्रका ब्यापारी भाडा बुझाउनसमेत नसक्ने अवस्थामा पुगेपछि सटर खालि हुँदै गएका हुन् । कतिपय व्यवसायीले पसल छाडेर सटर खाली गराइरहेका छन् । नारायणगढ र भरतपुर बजार क्षेत्रका मुख्य तथा भित्री सडक क्षेत्रमा सटरहरु भाडामा छ भनेर लेखेको देख्न सकिन्छ ।

भरतपुरको सिजी ल्याण्डमार्कका म्यानेजर उज्जव केसीले मलमा रहेको ६२ वटा सटरमध्ये १७ वटा खाली भइसकेको बताए । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म थालिएको ६ लेनको सडक विस्तार अझै सकिएको छैन । त्यही कारण यो सडकखण्ड छेउछाउका सटर भाडामा लिएर ब्यापार गर्नेहरुको व्यापार राम्रो छैन । नारायणगढ पुल्चोक नजिकै शुभकामना इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने सूर्यभक्त अधिकारी व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको गुनासो गरे । गतबर्षभन्दा अहिले ५० प्रतिशत पनि व्यापार नभएको उनले बताए । बैंकको ब्याजका कारण पनि व्यवसायी समस्यामा परेको उनको भनाई छ ।

गत बर्षको पुसमा बजार क्षेत्रमा सडक सीमा अतिक्रमण गरेर मिचिएका संरचना सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएर भत्काएको थियो । त्यही बेलादेखि भरतपुरमा खस्किएको ब्यापार व्यवसाय माथि उठ्न नसकेको उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्त बताउँछन् ।

‘सडक विस्तारमा ढिलाइ भइरहे यो क्रम अझै बढ्ने उनको भनाइ छ । व्यापारमा मन्दी हुँदा पनि घरधनीले भाडा नघटाएको व्यवसायीहरुको गुनासो छ । धेरैजसो घर भाडामा लगाउनेहरु नै उद्योग वाणिज्य संघमा सदस्य रहेकाले आफूहरुको पक्षमा बोलिदिने खासै नभएको गुनासो एक व्यवसायीले गरे ।

images
प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - २२:३६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology