Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

भिम न्यौपाने निर्देशित  'अल्झिएको हुन्छु म' कैलाश र क्रिष्टिना  ( भिडियो )

भिम न्यौपाने निर्देशित  'अल्झिएको हुन्छु म' कैलाश र क्रिष्टिना  ( भिडियो )

इच्छाकामना न्युज

२४, भाद्र २०८०
भिम न्यौपाने निर्देशित  'अल्झिएको हुन्छु म' कैलाश र क्रिष्टिना  ( भिडियो )
काठमाडौं । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको 'अल्झिएको हुन्छु म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ।  टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।  

म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स  देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा  डेब्यु  गरेका हुन्।  अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्।  भिडियोलाई दिन्सन शाहले सम्पादन रहेको छ।  भिम न्यौपानेको निर्देशनमा भिडियो तयार पारिएको हो।  

 न्यौपाने निर्देशित यो पहिलो  म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई 'बिजी इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको  हो।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - २२:०८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology