Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

विद्युत प्राधिकरणको अलपत्र जग्गा र भवन माग्दै आँबुखैरेनी गापाका अध्यक्ष शुक्र चुमान उर्जा मन्त्रालयमा

विद्युत प्राधिकरणको अलपत्र जग्गा र भवन माग्दै आँबुखैरेनी गापाका अध्यक्ष शुक्र चुमान उर्जा मन्त्रालयमा

images

इच्छाकामना न्युज

२४, भाद्र २०८०
विद्युत प्राधिकरणको अलपत्र जग्गा र भवन माग्दै आँबुखैरेनी गापाका अध्यक्ष शुक्र चुमान उर्जा मन्त्रालयमा
images

आँबुखैरेनी । नेपाल विद्युत प्राधिकरणको नाममा अलपत्र अवस्थामा रहेको जग्गा र भवन माग्दै आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष शुक्र चुमान सहितको टोली उर्जा ,जलश्रोत तथा सिंचाई मन्त्रालय पुगेको छ । गाँउपालिकाको पहलमा प्राविधकि शिक्षालय संचालन गर्ने उद्देश्यले आँबुखैरेनी २ ढकालटारमा रहेको करिब १४ रोपनी जग्गा र सो जग्गामा रहेको संरचना संरक्षण तथा उपभोग गर्नको लागि अनुमति माग गर्दै पालिकाकको टोली काठमाडौं गएको हो ।

टोलीले उर्जा ,जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेत सँग भेट गरेको छ । सो स्थानमा जलविद्युत केन्द्र निर्माणको समयमा कामदारहरुलाई आवास व्यवस्थापनको लागि भवन निर्माण गरेको थियो । स्थानीयहरुबाट जग्गा अधिग्रहण गरी संरचना निर्माण गरि विद्युत प्राधिकरणले तालिम केन्द्र संचायत गर्ने निर्णय गरे पनि हाल सम्म संचालन भएको छैनन् ।

सो स्थानमा संकटकालको सयमा सो जग्गा नेपाली नेताले उपयोग गरेको थियो । सेनाले छोडेपछि अहिले सो जग्गा र भवनहरुखण्डहरु अवस्थामा रहेको पालिकाले जनाएको छ । स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहाना हुँदाहुदै पनि स्थान अभावको कारणले पालिकामा प्राविधिक शिक्षालय संचालन गर्ने नसकेको हुदा सो जग्गामा पालिकाले प्राविधक शिक्षालय संचालन गनेै सोंच बनाएको अध्यक्ष चुमानले बताए ।

भेटघाटका क्रममा आँबुखैरेनीमा रहेको मस्र्याङदी जलविद्युत आयोजनाको तालमा मोटर संचालनका लागि समेत अनुमति माग भएको अध्यक्ष चुमानले बताए । भेटघाटका क्रममा मन्त्री बस्नेतले गाँउपालिकाको मागमा सकारात्मक भएको पनि अध्यक्ष चुमानले बताए ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - २१:१५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology