Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अलस्टार क्लब आँबुखैरेनी बन्यो यु १६ युनिटी लिगको च्याम्पियन 

अलस्टार क्लब आँबुखैरेनी बन्यो यु १६ युनिटी लिगको च्याम्पियन 

images

इच्छाकामना न्युज

२४, भाद्र २०८०
अलस्टार क्लब आँबुखैरेनी बन्यो यु १६ युनिटी लिगको च्याम्पियन 
images

आँबुखैरेनी । अलस्टार क्लब आँबुखैरेनी तनहुँ यु १६ युनिटी लिग–२०८० को च्याम्पियन बनेको छ ।  गोरखकाली रबर उद्योगको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा हरमटारी क्लब गोरखालाई ० का विरुद्ध १ गोल गर्दै अलस्टार क्लब आँबुखैरेनी तनहुँ यु १६ युनिटी लिग २०८० को च्याम्पियन बनेको हो । 

लिगको च्याम्पियन अलस्टार क्लबले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता हरमटारी क्लबले मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । माननीय स्वास्थ एवम् सामाजिक विकास मन्त्री शुसिला सिमखडाले लिगका बिजेता तथा उपबिजेता टिमलाई चेक, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेको थियो । 

गोरखा जिल्लाको ३ क्लब र तनहुँ जिल्लाको १ गरि ४ क्लबको सहकार्यमा २०८० साल साउन १३ गतेदेखि गोरखा जिल्लामा नै पहिलो पटक युवा खेलाडीहरु माझ एकता, खेलकुद र प्रतिभा विकासलाई प्रवर्द्धन गर्नको लागी  यु १६ युनिटी लिग संचालन गरिएको थियो । ग्रासरुटबाट नै खेल संगै  खेलाडीको खेल बिकास र उत्पादन गराउने मुख्य योजनाका साथ हरमटारी क्लब गोरखा, हिल्ली फिल्डर क्लब गोरखा, श्री सुर्यदय युवा परिवार गोरखा र अल स्टार क्लब आँबुखैरेनीको सहभागिता तथा संयुक्त आयोजनामा यु१६ युनिटी लिग गरिएको अल स्टार क्लब आँबुखैरेनीका उपाध्यक्ष सुशील पाण्डेले बताए।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १३:२९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology