Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

महिला अधिकृतसँगै अश्लील हर्कत गर्ने अधिकृतलाई कार्यालय पस्न रोक

महिला अधिकृतसँगै अश्लील हर्कत गर्ने अधिकृतलाई कार्यालय पस्न रोक

images

इच्छाकामना न्युज

२३, भाद्र २०८०
महिला अधिकृतसँगै अश्लील हर्कत गर्ने अधिकृतलाई कार्यालय पस्न रोक
images

काठमाडौँ। कार्यकक्षमै महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईको छ।

आज बसेको कार्पालिका बैठकले सो निर्णय गरेको हो। श्रोतले दिएको जानकारी अनुसार, गत १४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईने छ।

इलामको माइजोगमाइ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहदा राईले एक महिला कर्मचारीसंग अश्लील गतिविधि गरेको भिडियो सामाजिक सञ्जाल भाईरल भएको थियो।

तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत काजीमान राई र महिला कर्मचारीले लेखाको कार्यकक्षमा अनैतिक क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज बाहिरिएको थियो । मंगलवारदेखि सामाजिक सञ्जालमा भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत झापाको बाह्रदशीमा सरुवा भई आएका थिए । बाह्रदशीमा उनले दुइ दिन हाजिर गरेका थिए ।

केही महिनाअघि माइजोगमाइ गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र अश्लिल क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०८:०४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology