Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

रामशाह माविको अध्यक्षमा दिनेश के.सी. निर्वाचित

रामशाह माविको अध्यक्षमा दिनेश के.सी. निर्वाचित

images

इच्छाकामना न्युज

२३, भाद्र २०८०
रामशाह माविको अध्यक्षमा दिनेश के.सी. निर्वाचित
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित रामशाह माध्यमिक विद्यालयमा शुक्रबार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

विद्यालयमा सम्पन्न अभिभावक सम्मेलनबाट सर्वसम्मतले आँबुखैरेनी गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सी.लाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा र शिक्षक अभिभावक संघको अध्यक्ष पदमा दयाकृष्ण मिश्रलाई दोश्रो कार्यकालको लागि निर्वाचित गरेको छ । 

यसैगरी, सो सम्मेलनले विद्यालय व्यवस्थापन समितिको सदस्यहरूमा राम बहादुर बि।क।, माया दर्जी, लक्ष्मी श्रेष्ठ, पीपला अछामी, नस्तुराम कंडेल,  सिर्जना अधिकारी, श्रीप्रसाद गुरुङ, रजनी चुमानलाई निर्वाचित गरेको छ । 

यस्तै, शिक्षक अभिभावक संघको सदस्यहरूमा हिरा बहादुर के.सी., राजु गुरुङ, मधु पोखरेल, कपिल अर्याल, पिलकुमारी गुरुङ, मिन माया गुरुङलाई निर्वाचिन गरेको विद्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०७:४३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology