Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : आज नेपाल र थाइल्याण्ड भिड्दै

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : आज नेपाल र थाइल्याण्ड भिड्दै

images

इच्छाकामना न्युज

२२, भाद्र २०८०
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : आज नेपाल र थाइल्याण्ड भिड्दै
images

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको बांगी स्थित यूकेएम ओभलमा हुने खेल नेपालको समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता र थाइल्यान्ड समूह बीको विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका हुन्। यो खेलको विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ।

जारी प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणमा मलेसियालाई पाँच रनले पराजित गरेको नेपालले बहराइनलाई दश विकेटले हराएको थियो। यस्तै भुटानलाई तीन र कतारलाई नौ विकेटले पराजित गर्यो। यूएई विरुद्धको खेल भने वर्षका कारण रद्द भयो।

थाइल्यान्डले भने अहिलेसम्म हार बेहोरेको छैन्। समूहमा उसले म्यानमारमाथि एक सय रनको फराकिलो जित निकालेको थियो। चीनलाई नौ विकेट र हङलाइ ४३ रनले पराजित गरेपछि थाइल्यान्ड सेमीफाइनल पुगेको थियो। कुवेतसँगको खेल वर्षाका कारण हुन सकेन्। थाइल्यान्ड ब्याटिङ र बलिङ दुवैमा बलियो देखिएको छ।

यो खेल हारे ग्लोबल छनोटमा पुग्ने नेपालको सपना अधुरै रहनेछ। थाइल्यान्ड २०२० को टि ट्वान्टी विश्वकप खेलेको टोली हो। आजै हुने अर्को सेमीफाइनलमा यूएई र हङकङ आमने सामने हुनेछन्। फाइनल पुग्ने दुइ टिम ग्लोबल छनोटमा पुग्नेछन्।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०८:५२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology