Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

धादिङ चेली इच्छाकामनाको बृहत तीजगीत प्रतियोगीता सम्पन्न, मुग्लिनको नेवाः मिसा पुजः प्रथम, प्रगती पाठशाला कुरिनटार दोस्रो

धादिङ चेली इच्छाकामनाको बृहत तीजगीत प्रतियोगीता सम्पन्न, मुग्लिनको नेवाः मिसा पुजः प्रथम, प्रगती पाठशाला कुरिनटार दोस्रो

images

इच्छाकामना न्युज

२०, भाद्र २०८०
धादिङ चेली इच्छाकामनाको बृहत तीजगीत प्रतियोगीता सम्पन्न, मुग्लिनको नेवाः मिसा पुजः प्रथम, प्रगती पाठशाला कुरिनटार दोस्रो
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रीता अर्याल नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य कृष्णप्रसाद पोखरेल, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलिया लगायतको उपस्थिति रहेको थियो । 

Screenshot (18).png

करिब १९ समूह सहभागी प्रतियोगितामा मुग्लिनको नेवाः मिसा पुजः प ३११.५ अंकका साथ प्रथम हुन सफल भएको छ भने प्रगती पाठशाला कुरिनटार २९१ अंकका साथ दोस्रो र सप्तरंगी समूह चुम्लिङटार २८४.५ अंकका साथ तेस्रो भएको छ ।

यस्तै सान्त्वना स्थानमा २७३.५ अंकका साथ सृजनशील महिला जागरण केन्द्र मुग्लिन र २८३ अंकका साथ छोरी बुहारी समूह पिपलडाडा रहन सफल भएको छ । यो सँगै पहिलो हुने समूहले रु. १० हजार नगद, दोस्रो हुनेले नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार र सान्त्वना हुनेले नगद ३ हजार मायाको चिनो र प्रमाणपत्र पाएका छन् भने सहभागी प्रत्यक समूहलाई नगद १ हजार र प्रमाणपत्र दिईएको छ । 

Screenshot (17).png

कार्यक्रमको संचालन संस्थाका सदस्य भगवती सिलवालले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य सिता अर्यालले गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - २१:५५:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology