मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका निवासी पत्रकार हिरालाल गुरुङ ‘युवा पत्रकार सम्मान’ बाट सम्मानित भएको छ । साप्ताहिक पत्रिका सञ्जाल चितवनको प्रथम अधिवेशनमा आज पत्रकार गुरुङ ‘युवा पत्रकार सम्मान–२०८०’ बाट सम्मानित भएको हो ।
पत्रकार गुरुङ विगत १ दशक भन्दा बढि देखि इच्छाकामनाबाट प्रशारित इच्छाकामना एफ.एम. १०२.४ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत छन् भने राष्ट्रिय समाचार समिति (रासस) मा हाईवे प्रतिनिधिको रुपमा कार्यरत छन् ।