Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपाले आज र भोलि मधेस प्रदेशस्तरीय प्रशिक्षण चलाउने

रास्वपाले आज र भोलि मधेस प्रदेशस्तरीय प्रशिक्षण चलाउने

इच्छाकामना न्युज

१६, भाद्र २०८०
रास्वपाले आज र भोलि मधेस प्रदेशस्तरीय प्रशिक्षण चलाउने
images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखि मधेस प्रदेशमा विशेष प्रशिक्षण आयोजना चलाउने भएको छ ।
आज र भोलि सञ्चालन हुने प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा, सिद्धान्त र दृष्टिकोणसहित समसामयिक राजनीतिक विषयमा उक्त प्रशिक्षण हुनेछ ।

images
images

देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजबाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिए । मधेसमा हुने प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन् ।

मधेस प्रदेशको प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।  

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - ०९:००:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology