चितवन, २० असोज
एच नाइन भाइरसबाट चितवनका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन्। भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पाल्नुभएका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन। ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो।
यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा. दयाराम चापागाईले जानकारी दिनुभयो। “काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उहाँले भन्नुभयो।