गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले भदौ २२ गत्ते सावर्जनिक विदा दिने भएको छ । चेपाङ समुदायको महान् पर्व न्वाँगी (छोनाम) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । भदौ ५ गत्ते बसेको कार्यपालिकाको बैठकले उत्त निर्णय गरेको हो । गण्डकी गाउँपालिकाको वडा न १, २, ६ र ७ मा चेपाङ जातिको उल्लेखे मात्रामा बसोबास रहेको छ । गोरखाको जिल्लाको गण्डकी र शहिदलखन गाउँपालिकामा चेपाङ जातिको बसोबास रहेको छ ।

उत्त दिन गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने भएको छ । चेपाङ जातिको सास्कृतिक झाकी प्रदर्शन, सास्कृतिक नृत्य, गीत लगाएत रहेका छन् । समूहलाई दर्ता गर्नको लागि भदौ १५ सम्मको म्याद दिएको छ । सूचना अनुसार प्रदर्शनमा उत्कृष्ट हुने झाकीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । त्यस्तै सूचनामा भनिएको छ, गाउँपालिका भित्र बसोबास गर्ने चेपाङ समुदायको विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा उल्लेखनीय योग्दान गर्ने व्यत्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
