Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

इच्छाकामना न्युज

७, भाद्र २०८०
सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा
images

धनगढी । सुदूरपश्चिममा बिहीबार उज्याली गौरा पर्व मनाइँदै छ । भाद्र महिनामा मनाइने यो पर्व यो वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमी पारेर मनाउन लागिएको हो । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । त्यसैले यो वर्षको गौरा पर्वलाई उज्याली भनिएको हो ।

images
images

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउन नहुने मान्यता रहेको छ । सूर्य सिंह राशिमा रहेकै बेला गौरा मनाउनुपर्ने शास्त्रीय ब्याख्या रहेको छ । गौरा पर्वलाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले ‘महादेव बर पाऊँ’ भनी भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा गौरा पर्व मनाउने गरिन्छ । गौरा पूजाका लागि कुश, काँस, सामा, तितेपाती र अपामार्ग अथवा तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन निराहार बसी पूजा गर्ने परम्परा रहेको छ ।

यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ भने अष्टमीमा भगवतीको पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाउने गरिन्छ । यो पर्व अन्य क्षेत्रको तीज ब्रतसँग मिल्दोजुल्दो रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - ०८:४६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology