Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेले तोक्यो सबै प्रदेशको अधिवेशन मिति, कुन प्रदेशको कहिले ?

एमालेले तोक्यो सबै प्रदेशको अधिवेशन मिति, कुन प्रदेशको कहिले ?

इच्छाकामना न्युज

२९, श्रावण २०८०
एमालेले तोक्यो सबै प्रदेशको अधिवेशन मिति, कुन प्रदेशको कहिले ?
images

काठमाडौ । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

images
images

उहाँका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका शङ्करदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ । सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेललाई मनोनित गर्ने निर्णय गरेको छ ।

युवा सङ्घको अधिवेशनबारे छानबिन समिति

यस्तै राष्ट्रिय युवा सङ्घ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका सन्दर्भमा भएको गतिविधिबारे छानबिन गर्न पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ ।

अधिवेशनमा भएका गतिविधि चिन्ताजनक र पार्टी पार्टी र युवा सङ्घको मर्यादालाई नसुहाउने खालका गतिविधि भएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी समस्या समाधान गर्न छानबिन समिति गठन गरिएको उहाँले बताउनुभयो ।

पार्टी उपाध्यक्ष ज्ञवालीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा जनसम्पर्क सङ्गठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य ज्वालाकुमार शाह सदस्य रहेको तीन सदस्य छानबिन समिति गठन गरिएको उमहासचिव ज्ञवालीले बताउनुभयो । समितिलाई छानबिन र समाधानको सबै जिम्मेवारी निर्णय गरेको छ ।

सुन तस्करका सम्बन्धमा उच्चस्तरीय समिति गठन

यस्तै बैठकले सुन तस्करका सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन बन्नुपर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । “जतिदिन ढिलो हुँदैछ । त्यति नै प्रमाण नष्ट हुने गरेको छ । सिआइवीले गोदाम खान तलास गर्दछ । त्यहाँ कारखाना भेटिन्छु तर सुन भेटिँदैन । मान्छेहरु प्रहार भएका छन् । प्रमाण नष्ट हुने स्थिति बन्दै गइरहेको हुनाले उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “जरैसम्म पुगेर यो विषयलाई निर्मूल गरिनुपर्दछ ।”

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्कर भइरहेको भन्दै उहाँले राष्ट्रिय सुरक्षालाई चुनौती दिएको छ । सरकारले सुन तस्करमा छानबिन गर्न आलटाल गरिरहेको भन्दै उच्चस्तरीय छानबिनको माग राख्ने सांसदलाई थुनामा राख्नेजस्ता कार्यले गरिरहेको उहाँले बताउनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सुन तस्करमा नाम किटान गरेको अवस्थामा पनि सरकारले छानबिनको दायरामा नल्याउने, दबाब र प्रवाहको आधारमा मात्र छानबिन गरिरहेको उमहासचिव ज्ञवालीले बताउनुभयो ।

बैठकले एमालेले बाढीपहिराले गर्दा क्षति भएको र उक्त क्षतिका सम्बन्धमा तत्काल पीडितलाई रातह उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उहाँले सरकारले उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नसमेत माग गर्नुभयो ।

 

 

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - २१:१६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology