Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

त्रिशुलीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका जोड्ने हिक्लुङ र धवादीघाट पुलमा क्षती

त्रिशुलीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका जोड्ने हिक्लुङ र धवादीघाट पुलमा क्षती

इच्छाकामना न्युज

२९, श्रावण २०८०
त्रिशुलीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका जोड्ने हिक्लुङ र धवादीघाट पुलमा क्षती
images

भुम्लिचोक । आइतबार दिनभर पानी परेपछि त्रिशुलीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिकालाई पृथ्वीराजमार्गसँग जोड्ने २ वटा झोलुंङ्गेपुलमा क्षति पुर्‍याएको छ ।  बाढीले गण्डकी गाउँपालिका ६ हिक्लुङ गाउँलाई राजमार्गसँग जोड्ने हिक्लुङ पुल र धादिङ चरौदीबाट पालिकाकै वडा नं. ७ लाई जोड्ने धवादीघाट पुललाई क्षति पुर्‍याएको हो । हिक्लुङका स्थानीय भीमलाल चेपाङले दिएको जानकारी अनुसार आइतबार राती त्रिशुली बाढीको उच्च बहावले झोलुंङ्गेपुललाई क्षतिग्रस्त बनाएको हो ।

images
images


‘गएराति त्रिशुलीमा यति ठूलो बाढी आयो कि, पुल नाघ्यो’, उनले भने, ‘पुलको प्यानल लगेको छ । पुल पनि कर्के पारेको छ ।’ पुल क्षतिग्रस्त भएपछि अब हिड्न नमिल्ने भएको उनले बताए । ‘हिक्लुङ, थुम्का, बालकी, कोराकका मान्छेहरु अब त्रिशुली कसरी तर्ने भन्ने चिन्ता भयो’, उनले भने, ‘अब कि फेरि तुइन हाल्नु पर्ने भयो, कि त्यही प्यानल नभएको पुलमा लठ्ठामा झुण्डिर हिड्नुपर्यो ।’


यहाँभन्दा माथि कौदीफाँटमा र तल हुग्दीमा पनि झोलुंगे पुल छ तर त्यहाँसम्म पुग्न यस क्षेत्रका बासिन्दालाई अनुकूल नहुने स्थानीयको भनाइ छ । धादिङको बेनिघाट रोराङस्थित पृथ्वीराजमार्ग जोड्ने गरी गोरखाको गण्डकी गाउँपालिका ६ हिक्लुङमा २०७५ सालमा यो पुल बनेको थियो । त्यसअघि यहाँ तुइन थियो ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १०:२४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology