कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकामा शिक्षकहरुले आइतबार धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको घोषित आन्दोलन अन्तर्गत ती गाउँपालिकाहरुमा शिक्षकहरुले धर्ना दिएका हुन् ।

महासंघको स्थानिय पालिका कमिटिको नेतृत्वमा शिक्षकहरुले आईतबार पालिकामा धर्ना दिएका हुन् । धर्ना पश्चात शिक्षकहरुले पालिकाका प्रमुखलाई ज्ञापन पत्र समेत बुझाईएको थियो ।
