Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा ३ दिने आँखा शिविरः दोस्रो दिन ३ सय १० बालबालिकाको आँखा परीक्षण

आँबुखैरेनीमा ३ दिने आँखा शिविरः दोस्रो दिन ३ सय १० बालबालिकाको आँखा परीक्षण

images

इच्छाकामना न्युज

२५, श्रावण २०८०
आँबुखैरेनीमा ३ दिने आँखा शिविरः दोस्रो दिन ३ सय १० बालबालिकाको आँखा परीक्षण
images

आँबुखैरेनी । पालिका भित्र आँखा पाक्ने रोगको प्रकोप बढ्न थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले सोमबारदेखि सुरु गरेको ३ दिने निःशुल्क आँखा परीक्षण शिविरका दोस्रो दिन ३ सय १० जना बालबालिकाको आँखा परीक्षण गरेको छ । गाउँपालिकाले पालिकाको ३ वटा विधालयमा शिविर संचालन गरेको हो । 

पहिलो दिन रामशाह मावि आँबुखैरेनीमा शिविर संचालन गरिएको थियो भने दोस्रो मित्रता मावि सत्रसयमा शिविर संचालन गरिएको थियो । मित्रता माविमा गरिएको शिविरमा आँबुखैरेनी गाउँपालिका–१ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका ७० र मित्रता माध्यमिक विद्यालयका दुई सय ४० बालबालिकाको आँखा परीक्षण गरिएको छ ।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा दुई विद्यालयका बालबालिकाको आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

आँखा रोग विशेषज्ञ सहितको टोलीले बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए । अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिने चुमानले बताए ।

यस्तै जारी शिविर आज छिम्केश्वरी मावि भाँगेमा संचालन हुदैछ ।

images
प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - ०९:१०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology