Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गण्डकी गाउँपालिकाको घ्याल्चोकमा पार्क निमार्ण हुँदै

गण्डकी गाउँपालिकाको घ्याल्चोकमा पार्क निमार्ण हुँदै

इच्छाकामना न्युज

२१, श्रावण २०८०
गण्डकी गाउँपालिकाको घ्याल्चोकमा पार्क निमार्ण हुँदै
images

गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा थामपाखा पार्क निर्माणको काम तीब्र गतिमा अघि बढेको छ। वडा नम्बर ८ स्थित घ्याल्चोक थामपाखामा पर्यटन प्रबर्द्धनका लागि पार्क निमार्ण भइरहेको गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकारले) जानकारी दिनुभयो ।

images
images

पार्क निर्माण पश्चात आन्तरिक तथा बाहय पर्यटक भित्रिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनाउनका लागि गाउँपालिकाको समन्वयमा प्रदेश सरकारको ५ लाख लागतमा निमार्ण गरिएको पार्कले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

अहिलेसम्म पार्कको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । पार्कको पर्खाल, मुलथान मन्दिर, शौचालय लगायत भौतिक संरचना निमार्ण गरि बृक्षरोपण भईरहेको स्थानीय भुमिप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्रसिद्ध धार्मिकस्थल मुलथान मन्दिर सोही स्थानमा पर्ने भएकाले पनि पार्क अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयले उहाँको भनाइ छ ।

पार्कबाट वडा नम्बर ७ र ८ को मनमोहक दृश्य, बुढिगण्डकी नदि, धादिङको रोराङ गाउँपालिका, मलेखु बजार आदिको सजिलै अबलोकन गर्ने सकिने जनाइएको छ । अहिले पार्क निर्माणको कार्य तिव्र भइरहेको छ । पार्क निर्माणपछि त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ अपेक्षा स्थानीयको भनाइ छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १४:२०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology