गोरखा । सहिदलखन र गण्डकी गाउँपालिका भित्रका विभिन्न स्थानका स्वास्थ्य चौकीलाई १५ लाख भन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । मुटु फाउण्डेशन नेपालको आमा परियोजना अन्तरगत मनोज एसोसियसन फ्रान्स र नमस्ते ग्रनवलको आर्थिक सहयोग र गाउँपालिकाको सहकार्यमा उक्त सामग्री वितरण गरिएको हो ।
सहिदलखन गाउँपालिका वडा नं २ को मनकामना आधारभूत स्वास्थ्य चौकी, वडा नम्वर ३ को मनकामना स्वास्थ्य चौकी, वडा नम्वर ६ को ताक्लुङ स्वास्थ्य चौकी र वडा नम्वर ७ को बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तारन्तरण गरिएकोमुटु फाउण्डेशन नेपालका अध्यक्ष धन बहादुर गुरुङले बताए । गत जेठ महिनामा आगलागीबाट बुंकोट स्वास्थ्य चौकीमा क्षति पुगेको थियो ।
त्यस्तै गण्डकी गाउँपालिका अन्तर्गत मकैसिङ प्राथमिक स्वाथ्य केन्द्र र भुम्लीचोक स्वाथ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । सम्बन्धित पालिका अध्यक्ष र वडाध्यक्षहरुलाई संयुक्त रुपमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
मातृ र शिशु मृत्युदरलाई कम गर्ने र स्वास्थ्य चौकीहरुबाट दिदै आएको सेवामा थप सहयोग पु¥याउने उदेश्यले ल्याप, स्टे«क्चर लगायत बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । स्वास्थ्य सामाग्री अभावले सेवा प्रभावित नबनोस् भन्ने उदेश्य समेत रहेको बताइएको छ ।