Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान

एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान

images

इच्छाकामना न्युज

११, श्रावण २०८०
एन्फाको कार्यसमिति बैठक साउन १९ गतेलाई आह्वान
images

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन १९ गतेका लागि आह्वान गरिएको छ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान ११ बजे बस्ने बताइएको छ ।

एन्फा महासचिव किरण राईले कार्यसमिति सदस्यलाई बोर्ड बैठकमा छलफल गर्न एजेन्डासहित मिति, स्थान र समयको निर्धारण गरेका हुन् ।

बैठकका लागि विविधसहित ११ एजेन्डा तय गरिएको छ । एन्फाको विधानअनुसार एकसाता अघि नै अध्यक्षले एजेन्डा सहित बैठक र मिति टुंगो लगाउनु पर्ने प्रक्रिया छ ।

बैठकमा एन्फाको आपतकालिन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने, महिला फ्रेन्चाइज लिग, जिल्ला साथै सहिद स्मारक ‘‘ए’ ‘बी’ र ‘सी‘ डिभिजन लिगको नियमावली, लेखा परिक्षणका विषयमा छलफल हुनेछ ।

यस्तै, खरिद् तथा मुख्याङ्कन समिति, राष्ट्रिय खेलाडीको औषधी उपचारको भुक्तानी, एन्फा कर्मचारीको सेवा सुविधा बृद्धि, थ्री नेसन्स कप विजेतालाई पुरस्कार र साफ यु१९ च्याम्पियनसिप आयोजनाबारे छलफल गरिने जानकारी गराइएको छ ।

पछिल्लो पटक एन्फाको आपतकालिन बैठक वैशाख २५ गते बसेको थियो ।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १०:४२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology