Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी

नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी

पत्रपत्रिका

३, श्रावण २०८०
नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी
images

काठमाण्डौ । नेपालमा सूर्ति तथा मदिराजन्य पदार्थ प्रयोगकर्तामा महिलाको तुलनामा पुरुष बढी भएको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यी दुवै पदार्थ प्रयोग गर्नेमा पुरुष बढी भएको रिपोर्ट सार्वजनिक गरेको हो।

images
images

हालै सार्वजनिक गरेको २०२३ ले १५ देखि ४९ वर्षभित्रका उमेर समूहबीचमा २३ प्रतिशत पुरुषले महिलाको तुलनामा बढी सूर्तिजन्य पदार्थ प्रयोग गरेको औंल्याएको छ। सर्वेक्षण प्रतिवदेनअनुसार यो उमेर समूहका पुरुषले २८ प्रतिशतले सूर्तिजन्य पदार्थ ५ प्रतिशत महिलाले मात्र सूर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको औंल्याएको हो।

सूर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषमध्येमा दैनिक १७ प्रतिशतले धुमपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाहीँ गर्छन्। दैनिक चुरोट पिउने पुरुषमध्येमा ५४ प्रतिशतले दैनिक ५ खिल्लीभन्दा बढी चुरोट पिउँछन् २५ प्रतिशतले ५ खिल्लीभन्दा कम चुरोट पिउँछन्। २५ प्रतिशतले ५ देखि ९ खिल्ली चुरोट पिउँछन्। २१ प्रतिशतले दिनमा १० वटा भन्दा बढी खिल्ली चुरोट पिउँछन्।

नेपालमा पछिल्लो महिनामा महिलाको तुलनामा ३१ प्रतिशत पुरुषले मदिरा सेवन गर्छन्। नेपाल जनसांख्यिक सर्वेक्षण रिपोर्ट २०२३ का अनुसार ४२ प्रतिशत पुरुषले मदिराजन्य पदार्थ सेवन गरेको पाइएको छ भने ११ प्रतिशत मात्र महिलाले मदिरा सेवन गरेको पाइएको हो।

 मदिरा सेवन गरेका पुरुषहरू मध्येमा सेवन गरेको दिनमा ४१ प्रतिशतले दिनमा एक पेग, ४९ प्रतिशतले दिनमा दुईदेखि तीन पेग र १० प्रतिशतले चार पेग पिउने गर्छन्। सर्वेक्षणको क्रममा मदिरा तथा सुर्तीजन्य पदार्थ प्रयोगकर्ताहरूमा सोधिएको जवाफको क्रममा फरक तथ्याकं पाइएको सर्वेक्षणले जनाएको छ।

मदिरा सेवन गरेका महिलामध्येमा ७४ प्रतिशतले दिनमा एक पेग र २० प्रतिशतले दिनमा दुईदेखि तीन पेग पिउने गरेको, ६ प्रतिशतले दिनमा चार वा बढी पेग पिउने गर्छन्। नेपाल विकास तथा अनुसन्धान केन्द्रले सन् २०१९ मा सार्वजनिक गरेको सर्वेक्षण अध्ययन प्रतिवेदनले पनि नेपालमा पुरुषले महिलाको तुलनामा चौगुणा बढी सूर्तिजन्य पदार्थ प्रयोग गरेको तथ्यांक छ।

४९ जिल्लाका २८ सय जनामा गरेको सर्वेक्षणअनुसार १३ प्रतिशत महिला र ५० प्रतिशत पुरुषले सूर्तिजन्य पदार्थ प्रयोग गरेको तथ्यांक छ। नेपालमा पुरुषले परापुर्व कालदेखि नै सूर्तिैजन्य पदार्थको प्रयोग बढी मात्रामा गर्ने गरेको पाइएको नेपाल विकास तथा अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानविद जय गुरुङ बताउँछन्।

समाजमा विद्यमान पितृसत्तात्मक सोंच,सभ्यता र संस्कृतिको प्रभाव पुरुषमा परेको कारण उनीहरूले पुरुषत्व देखाउने क्रममा पनि सूर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको गुरुङ बताउँछन्। पछिल्लो समय पुरुषसँग दाँज्ने क्रममा नयाँ पुुस्ताका युवतीहरूले धुमपान प्रयोग गर्न सुरु गरेको उनको अनुभव छ। ‘पहिला पुरुषहरूले धुमपानलाई सामान्य पुरुष सभ्यताको रूपमा लिएर प्रयोग गरेको देखिन्छ, अहिले युवतीहरूले पुरुषभन्दा के कम भन्ने देखाउन हुक्का र चुरोट पिउन थालेको देखिन्छ,’ उनले भने।

कुनै पनि व्यवहारको भविष्यमा कुन रूपमा पर्छ भन्ने कुराप्रति पुरुष कम सचेत भएकोले पनि सूर्तिजन्य पदार्थ बढी पुरुषहरूले प्रयोग गर्ने गरेको अर्को कारण रहेको गुरुङ बताउँछन्। ‘रक्सी पिउने होस् या चुरोट दुवै काममा महिला कम हुनु भनेको यसको असरको बारेमा महिलाहरू बढी सचेत हुने मानसिकताको उपज हो,’ उनले भने।

गुरुङ भन्छन्, ‘महिलाले पैसा भेटे भने भान्छाको आवश्यकता सोचेर सामान किन्छन्, पुरुष मदिरा तथा यस्तै क्षणिक मस्तीका सामान खरिद गर्नतिर लाग्छन्,’ उनले भने। जुनसुकै जोखिमपूर्ण काममा पुरुष संलग्न हुनु भनेको मुख्य त पुरुषमा रहेको पितृसत्तात्मक सोच नै कारक रहेको गुरुङले बताए।

वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसी दैनिक मदिरा सेवनकै कारण रोग निम्ताएका दर्जनाै बिरामीको उपचार गर्छन्। उपचारपछि मदिरा छोड्न सुझाव दिएका पुरुषहरू फेरी पिएर आउने गरेको अनुभव सुनाउँछन्।

‘आइसियुमा भर्ना गरेर निको भएर गएकाहरू फेरि मदिरा सेवन गरेपछि बिरामी परेर आउने धेरै छन्। महिलाको अनुपातमा मदिरा सेवन गर्ने पुरुष बढी हुनुको पछि पुरुषभित्रको मानसिकता रहेको डा. केसी बताउँछन्। उनी भन्छ्न, ‘कुनै न कुनै नशालु पदार्थ सेवन गरेमा आफुमा पुरुषत्व देखाउने आधार देखेका हुन्छन्’ उनले भने।

कतिपय पुरुषहरू मानसिक समस्याको कारण पनि मदिराको सहारमा पुग्ने गरेको डा. केसीले बताए। उसो त विशेष जातिगत समूहका महिलाहरू पनि मदिरा सेवन गर्ने थुपै्र भेटिएको डा. केसी बताउँछन्। घरमा कसैको निगरानीमा नरहेका महिला, पति विदेशमा रहेका महिला र कुनै जातिगत समूहका महिलाहरू मदिरा सेवन गर्ने गरेको उनको अनुभव छ। नागरिक दैनिकबाट

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - ०९:४९:०४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology