Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

२१० औँ भानुजयन्तीमा इच्छाकामना साहित्य प्रवाहको खुल्ला कविता वाचन कार्यक्रम

२१० औँ भानुजयन्तीमा इच्छाकामना साहित्य प्रवाहको खुल्ला कविता वाचन कार्यक्रम

इच्छाकामना न्युज

३०, आषाढ २०८०
२१० औँ भानुजयन्तीमा इच्छाकामना साहित्य प्रवाहको खुल्ला कविता वाचन कार्यक्रम
images

कुरिनटार । आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल सहित दार्जिलिङ,सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम मनाइएको हो । 

images
images

यसैबिच चितवनको इच्छाकामनामा पनि आदीकवी  भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती मनाइएको छ । साहित्य प्रवाह इच्छाकामनाको आयोजनामा कुरिनटार स्थित इच्छाकामना मन्दिरको सभाहलमा एक कार्यक्रमकाबिच भानुजयन्ती  मनाइएको हो ।

वडा नम्बर   ४  का  वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद सिलवाल, वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपालको विशिष्ट आतिथ्यतमा  भएको कार्यक्रममा भानुझक्तको योगदान बारे चर्चा गरेका  थिए । कार्यक्रममा इच्छाकामना साहित्य प्रवाहका सल्लाहकार एंव  कवि कृष्णप्रसाद पोखरेल, रामजी त्रिपाठी, शिव पौडेल,माधव खनाल, खेलकुमारी सापकोटा, तारादेवी सिलवाल, राजन खनाल लगायतले कविता वाचन गरेका थिए ।  

भजन गुरु प।यादवप्रसाद अधिकारीबाट रामायण वाचन तथा राम कथा र भानुभक्त सम्बन्धि  संगितमय प्रश्तुती  रहेको थियो । भानुझक्तले नेपाली साहित्यमा पु¥याएको योगदान बारे चर्चा गरेको थियो । यसैबिच पूर्व शिक्षक समेत रहेका श्रीरेन्द्रप्रकास पोखरेलले  भानुभक्तले आफ्नो छोरालाई लेखेको चिठी वाचन गरेर सुनाएका थिए । प्रवाहका अध्यक्ष याकराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव शंकर प्रसाद सिलवालले  सञ्चालन गर्नुभएको थियो । 

images
प्रकाशित मिति :आषाढ ३०, २०८० शनिवार - ०९:१६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology