Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

फिस्लिङ–आग्रिडाँडा–भुम्लिचोक भैरवी सडक आयोजनाको काम ९० प्रतिशत सकियो

फिस्लिङ–आग्रिडाँडा–भुम्लिचोक भैरवी सडक आयोजनाको काम ९० प्रतिशत सकियो

images

इच्छाकामना न्युज

१३, आषाढ २०८०
फिस्लिङ–आग्रिडाँडा–भुम्लिचोक भैरवी सडक आयोजनाको काम ९० प्रतिशत सकियो
images

भुम्लिचोक । गण्डकी गाउँपालिका अन्र्तगत फिस्लिङ, आग्रिडाँडा, भुम्लिचोक भैरवी सडक आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको सन्र्दभमा स्थानीयबासीहरुबाट सामाजिक सञ्जालमा सडक योजनाको निर्माण अबस्थाका बारेमा चासो राखेपछि गाउँपालिकाले आयोजना निर्माणको अबस्थाबारे ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाको बारेमा जानकारी गराएको हो ।

वाईपि इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा।लि पाल्पाले ठेक्का पारेर काम गरेको उक्त योजनाको काम सम्पन्न भई गाउँपालिकालाई सडक हस्तान्तरण गरेपछि मात्र अन्तिम बिल भुक्तानी हुने जनाएको छ । सडक योजना अन्तरगत सडक चौडा गर्ने, पक्की नालाको निमार्ण गर्ने, ह्युम पाइप राख्ने तथा ढलान गर्ने लगायतका कार्य गर्ने गरी ठेक्का सम्झौत भएको गाउँपालिकाले जनाएको छ ।

सडकको प्राविधिक लागत अनुमान तयार गर्दा गुणस्तरका साथसाथै परिमाणात्क रुपमा समेत अधिकतम निमार्ण हुन सक्छ भन्ने पक्षलाई ध्यानमा राखिएको पालिकाले जनाएको छ । राज्यको लगानीलाई सहि रुपमा सदुपयोग गरी परिमाणत्मक रुपमा मात्र नभई गुणस्तर निमार्णका लागि समेत पालिकाको पालिकाले एक वडा एक प्राविधिक परिचालन गरी संक्रिय रुपमा कामको प्राविधिक सुपरीबेक्षण समेत गरिरहेको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - १०:०५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology