Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपाको काम गाली गलौजमात्र देखियोः भट्टराई

रास्वपाको काम गाली गलौजमात्र देखियोः भट्टराई

इच्छाकामना न्युज

१३, आषाढ २०८०
रास्वपाको काम गाली गलौजमात्र देखियोः भट्टराई
images

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको विकासे अभियानमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएका छन् । तनहुँको देवघाट १ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन उद्घाटन गर्दै उनले चुनाव नजिते पनि विकासका कार्य निरन्तर गरिरहेको र गरिरहने प्रतिवद्धता जनाए । मैले पदका लागि राजनीति गरेको होइन, उनले भने, जनताको विकासका आवश्यकता पूरा गर्न जुन ठाउँमा भए पनि सकेको लागि पर्नेछु ।

images
images

उनले चुनावमा विजेताहरुले जनताको विकासे आवश्यकता सम्बोधन गर्नुपर्ने भए पनि गाली गलौजमा मात्र सीमित भएको उनले आरोप लगाए । रास्वपा र विजेता सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै उनले भने, उहाँहरुको काम नै गाली गर्ने हो कि जस्तो देखियो ।

भट्टराईले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानविन हुनुपर्ने भन्दै कांग्रेस, एमाले, माओवादी वा रास्वपाका नेता जोसुकै जोडिएका घटनामा पनि छानविन हुनुपर्ने पक्षमा आफू र पार्टीसमेत रहेको बताए । प्रश्न जोसुकैमाथि उठेका छन्, भर्खरै आएको रास्वपा होस् वा एमाले, माओवादी अनि कांग्रेस नै किन नहोस्, हामी सबै घटनामा निष्पक्ष अनुसन्धानको पक्षमा छौं ।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेश भट्टराईले तनहुँको विकास निर्माणका लागि भट्टराई निरन्तर सक्रिय रहेको भन्दै हालै मात्र पनि जिल्लाका विभिन्न विकासे योजनाका लागि भट्टराईको पहलमा बजेट परेको बताए ।
कांग्रेस जिल्ला सदस्य खम्बसिं रानाले चुनाव एउटाले जिते पनि हार्नेसँग योजना माग्नुपरेको भन्दै निर्वाचित जनप्रतिनिधि आफ्नो घरदैलोमा नआएको गुनासो गरे ।
३२ लाख लागतमा जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँद्वारा निर्मित भवनका लागि केन्द्रीय सदस्य भट्टराईले खेलेको भूमिकाका लागि स्मरण गरिएको विद्यालयका अध्यक्ष अमृतलाल भुजेल तथा प्रधानाध्यापक कृष्ण खनालले बताए ।
उनीहरुले विपन्न वर्गका विद्यार्थी अध्ययन गर्ने विद्यालयको थप भौतिक विकासका लागि समेत भट्टराईको ध्यानाकर्षण गराए ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - ०९:०७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology