कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा रहेका विपन्न चेपाङ समुदायको घर बनाउन १ करोड ५० लाख बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८०।८१ मा खर्च गर्ने गरी संघिय सरकारबाट पूँजीगत प्रकृतिको विशेष अनुदान मार्फत उक्त बजेट विनियोजन भएको हो ।
बजेट विनियोजन भएसँगै आगामी वर्ष कार्यविधि अनुसार खर्च गरि विपन्न चेपाङ समुदायको घर निर्माण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले बताए ।
गाउँपालिकाले अहिले पनि इच्छाकामना गाउँपालिका वडा नं. ७ मा नमुना बस्ती बनाई २ दर्जन विपन्न घरपरिवारलाई घर निर्माण गरिदिएको छ । आगामी आर्थिक वर्षको लागि आएको यो बजेटले थप विपन्न चेपाङ परिवारको घर बनाईने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।