Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न, अध्यक्ष दान बहादुर गुरुङद्वारा समुद्घाटन

इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न, अध्यक्ष दान बहादुर गुरुङद्वारा समुद्घाटन

समुद्घाटनसँगै नयाँ मन्दिरभित्रबाट विधिवत रुपमा पूजाआजा सुरु

images

इच्छाकामना न्युज

२६, जेठ २०८०
इच्छाकामना माईको मन्दिर पुनःनिर्माण सम्पन्न, अध्यक्ष दान बहादुर गुरुङद्वारा समुद्घाटन
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन: निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो ।

IMG_8743.jpg

पुन: निर्माण सम्पन्न भएसगैँ विधिवत रुपमा पुजाआजा गरि बिहिबार समुद्घाटन गरिएको छ । मन्दिरको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमका बिच उद्घाटन गरेको हो ।  नयाँ मन्दिरको समुद्घाटनसँगै बिहिबार देखि नै मन्दिरभित्रबाट पुजा आजा पनि सुरु गरिएको छ । यस अघि मन्दिर पुन: निर्माणको क्रममा भक्तजनहरुलाई मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । अब भने भक्तजनहरुले भित्रैबाट पुजा गर्न पाइने छ ।

मन्दिरको समुद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मन्दिरको प्रचार प्रसारमा जोड दिइने बताए । यहाँ खानेपानीको व्यवस्था समेत भइसकेको बताउँदै आवश्यक पुर्वाधारहरु निर्माण गर्दै जाने बताए । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई जोड दिइने बताए ।

IMG_8737.jpg

“मन्दिरमा खानेपानीको व्यवस्था गरिएको छ, जमिन संरक्षण र प्रवेशद्वार निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ, गाउँपालिकाले प्रचारप्रसारमा पनि जोड दिइने छ ,मनकामकामना मन्दिर आउने भक्तजन पर्यटकहरुलाई इच्छाकामनासम्म आउने गरी ल्याउने व्यवस्थ गर्नेछ ।’ –उनले भने ।

यस्तै सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिर सम्म यात्रा गर्न सकिने र मन्दिर परिसर वरपर फागुन चैतमा ढकमक्क फुल्ने लाली गुराँसले पर्यटहरुलाई लोभ्याउने उनले बताए ।

बागमती प्रदेश सरकार, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताहरुको सहयोगमा २ करोड ४१ लाख ८८ हजार ८१ रुपैयाँ लागतमा मन्दिर पुनः निर्माण कार्य सम्पन्न भएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले बताऐ ।

कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुन: निर्माण कार्य ढिला गरि सम्पन्न भएको मन्दिर समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनका अनुसार मन्दिरको वि.सं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको थियो । तत्कालिन बागमती प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्दिर पुनः निर्माणको शिलान्याश गरेको थियो ।

IMG_8666.jpg

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषाल, वडाध्य लगायत जनप्रतिनिधिहरु, विभिन्न राजनिति दलका प्रतिनिधि, कर्मचारी सञ्चारकर्मी लगायत स्थानियको पनि उपस्थिति रहेका थिए ।

कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई फुलको मला लगाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

IMG_8643.jpg

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिरसम्म सडक पुगेसगैँ केही बर्षयता भक्तजनहरुको आवागमनमा वृद्वि भएको पुजारी गुरुङले जानकारी दिऐ ।

प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

ichchhakamana.jpg

images
प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - ०८:०२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology