Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले चितवनको इन्चार्जमा पार्वत गुरुङ चयन, इच्छाकामनाको इन्चार्जमा प्रभा बराल

नेकपा एमाले चितवनको इन्चार्जमा पार्वत गुरुङ चयन, इच्छाकामनाको इन्चार्जमा प्रभा बराल

इच्छाकामना न्युज

२४, जेठ २०८०
नेकपा एमाले चितवनको इन्चार्जमा पार्वत गुरुङ चयन, इच्छाकामनाको इन्चार्जमा प्रभा बराल
images

चितवन । नेकपा एमालेले चितवनका नेताहरुको कार्य विभाजन गरेको छ । एमालेले हिजो सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन अनुसार नेताहरुलाई चितवन जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

images
images

एमालेले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी पार्वत गुरुङलाई तोकेका छ । एमाले पोलिटव्युरो सदस्य गुरुङ पूर्व मन्त्री हुन् । पोलिटव्युरो सदस्य देवीप्रसाद ज्ञवालीले मकवानपुर इन्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, नेकपा एमाले भरतपुर महानगरपालिका इन्चार्जको जिम्मेवारी जगन्नाथ थपलियाले पाएका छन् भने खैरहनी र राप्ती नगरपालिकाको इन्चार्ज पार्वती रावल भएकी छन् ।

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको इन्चार्ज प्रभा बराल, माडी नगरपालिकाको इन्चार्ज यामबहादुर परियार र रत्ननगर नगरपालिकाको इन्चार्ज शिवकुमारी गोतामे (सार्की) भएकी छन् ।माडी नगरापलिकाका इन्चार्ज यामबहादुर परियारलाई एमालेले केन्द्रिय कमिटी सदस्यमा मनोनित गरेको छ ।

images
प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - ०८:२५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology