Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवनको इच्छाकामना र गोरखाको गण्डकी आसपास भोली र पर्सी बिजुली अवरुद्ध हुने

चितवनको इच्छाकामना र गोरखाको गण्डकी आसपास भोली र पर्सी बिजुली अवरुद्ध हुने

इच्छाकामना न्युज

२३, जेठ २०८०
चितवनको इच्छाकामना र गोरखाको गण्डकी आसपास भोली र पर्सी बिजुली अवरुद्ध हुने
images

चितवन । चितवन जिल्लाको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका वरपर जेठ २४ र २५ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

images
images

नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण शाखाले दिएको जानकारी अनुसार इच्छाकामना ४ धारापानी क्षेत्रमा ११ केभिए लाईनका जिर्ण भएका पोलहरु बाट नयाँ पोलमा लाइन सिफ्टिङ गर्ने कार्य नसकिएकोले थप दुई दिन दैनिक ५ घण्टा विधुत सेवा अबरुद्ध हुने भएको हो।

यस अघि प्राधिकरणले २० गते देखि २२ गते सम्म ३ दिनमा सो कार्य सम्पन्न गर्ने योजनाका साथ सुचना निकालेको भएपनि काम सम्पन्न नभएकोले जेठ २४ र २५ गते विधुत सेवा अबरुद्ध हुने भएको हो।

प्राधिकरणका अनुसार इच्छाकामना गाउँपालिकाको लेवाटार, कुरिनटार देखि मोबाखोला तथा गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत मकैसिङ, गोर्दी र भुम्लीचोकमा बिहान ६:०० बजे देखि ११:०० बजेसम्म विद्युत सेवा अबरुद्ध हुनेछ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने प्रधिकरणले जनाएको छ।

images
प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - २२:०९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology