Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

गर्मीमा चितवन : तराइमा पसिनै पसिना, इच्छाकामनाको डाडाँमा भने ओढ्नु पर्छ सिरक

गर्मीमा चितवन : तराइमा पसिनै पसिना, इच्छाकामनाको डाडाँमा भने ओढ्नु पर्छ सिरक

images

रासस

२३, जेठ २०८०
गर्मीमा चितवन : तराइमा पसिनै पसिना, इच्छाकामनाको डाडाँमा भने ओढ्नु पर्छ सिरक
images

चितवन । समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका–२ को मायाटार पुगेका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुते। जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा पहाडमा भने मौसम शीतल भएको उनले महशुस गरे।

बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ। जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सितल ठाउँहरु धेरै छन्। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा घरबास (होमस्टे(सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन थालिएको बताउँछन। क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङजस्ता जातिको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको छ।

निजी क्षेत्रले ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उनी बताउँछन। गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडालगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ।

उनी भन्छन, ‘अधिकांश क्षेत्रमा सडक सञ्जाल पुगिसकेकाले काम गर्न अब कठिन छैन। जिल्लाको तराई भूभागमा चर्को गर्मी भइरहँदा गर्मी छल्ने गन्तव्यका रूपमा डाँडाका भवनलाई प्रयोगमा ल्याउन सकिन्छ।’

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेसन बनाउने विषयमा छलफल भइरहेको बताउँछन। सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ। उनी भन्छन, ‘तराई क्षेत्रमा गर्मीका कारण आत्तिएकाहरुलाई रमाइलोपन दिन पहाडी क्षेत्र उपयुक्त हुन्छन्।’

सरकारी तवरबाट आवश्यक पूर्वाधारहरुमा सहयोग गरेर निजी क्षेत्रलाई हिल स्टेसनमा लगानी गर्न अनुरोध गर्नुपर्ने र जिल्लाका मात्रै नभएर बाहिरका पर्यटक तान्ने गन्तव्य बनाउन पनि पहाडलाई लनि सकिनेमा पर्यटन विज्ञ सुवेदी जोड दिए।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुके जिल्लाका पहाडी क्षेत्रका डाँडाहरु पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त रहेको बताउँछन। छोटो समयमा पुग्न सकिने भएकाले ती ठाउँहरुमा पूर्वाधार बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उनको बुझाइ छ।

गर्मी महिनामा जिल्लामा पर्यटक कम आउने भएकाले यो समयमा पर्यटकका लागि चिसो ठाउँमा पर्यटकीय पूर्वाधार हुनुपर्ने अध्यक्ष चुकेको भनाइ छ।चितवन जिल्लामा यतिबेला शिक्षण संस्थाहरु बढ्दो गर्मीका कारण बन्द भएका छन्। जिल्लावासीलाई गर्मी छल्नका लागि घुम्न सकिने नजिकका गन्तव्यस्थल कम छन्। आफ्नै जिल्लाभित्रका नजिकैका डाँडाहरु चिसो भए पनि पर्यटकीय पूर्वाधार कमीका कारण आरामले रात बिताउने ठाउँ कमै छन्।

images
प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - २१:२४:२८ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology