भुम्लिचोक । आगामी आर्थिक वर्षका लागि गोरखाको गण्डकी गाउँपालिकालाई संघिय सरकारबाट चालु आर्थिक वर्षमा भन्दा ३२ लाख कम बजेट विनियोजन भएको छ । संघिय सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट अनुसार गाउँपालिकालाई ४४ करोड ६८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।
स्मरण रहोस् चालु आर्थिक वर्षमा संघीय सरकारले गण्डकी गाउँपालिकालाई ४५ करोड बजेट विनियोजन गरेको थियो ।