Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नयाँ पुराना सबै जोडिएका भ्रष्टाचारमा निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ : काँग्रेस नेता गोविन्द भट्टराई

नयाँ पुराना सबै जोडिएका भ्रष्टाचारमा निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ : काँग्रेस नेता गोविन्द भट्टराई

इच्छाकामना न्युज

१४, जेठ २०८०
नयाँ पुराना सबै जोडिएका भ्रष्टाचारमा निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ : काँग्रेस नेता गोविन्द भट्टराई
images

आँबुखैरेनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै नयाँ पुराना ठूला सबै भ्रष्टाचार काण्डमा निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् । आफ्ना मतदातालाई धन्यवाद दिन गृहजिल्ला तनहुँ पुगेका उनले आँबुखैरेनी तथा भानुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कांग्रेसले कसैको पक्ष नलिने भन्दै सबै घटनामा निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

images
images

पैसा लिनु मात्र नभै खराब आचरण पनि भ्रष्टाचार भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै नयाँ दल रास्वपामा सांसद तथा मन्त्री बन्न भएको भनिएको लेनदेन तथा राष्ट्रिय परिचय पत्रको प्रमाणीकरण विदेशीलाई दिन लागिएको विषयमा पनि निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

नयाँ दलमा यति चाँडो यस्ता विषय आउनुले राम्रो शंकेत गर्दैन, उनले भने यी घटनाहरुमा पनि छानविन हुनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ । उनले देशमा जताततै भ्रष्टाचारमा संलग्नताका कारण राजनीतिप्रति मानिसको वितृष्णा अएको भन्दै सोही नाममा आएकाहरुमा पनि यति चाँडो भ्रष्टाचारको विषय आउनुले राम्रो शंकेत नगर्ने बताए ।

भट्टराईले कोरोनाको समयमा उपकरण खरिदमा संल्ग्न ओम्नी, सुरक्षा छपाई मेशिन खरिदमा जोडिएका नेतासँगै यति समूहमार्फत भएका गलत कामहरुको समेत छानविन गर्नुपर्ने बताए ।

images
प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १६:४७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology