Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनाका चेपाङ बालबालिकालाई सपना भिलेजले खुवायो विद्यालयमै खाना

इच्छाकामनाका चेपाङ बालबालिकालाई सपना भिलेजले खुवायो विद्यालयमै खाना

images

इच्छाकामना न्युज

१२, जेठ २०८०
इच्छाकामनाका चेपाङ बालबालिकालाई सपना भिलेजले खुवायो विद्यालयमै खाना
images

चितवन । चितवनका पहाडी क्षेत्र ईच्छाकामना गाँउपालिका वडा १ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ ।  चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय सपना भिलेज सोसियल ईम्प्याक्टले भाराङ विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो ।

चेपाङ समुदायका बालबालिकालाई शिक्षामा थप अग्रसर गराउन विद्यालयस्तरमा खाजा, खाना कार्यक्रम प्रभावकारी देखिएपछि आफुहरुले  विद्यालयमा नै भान्छा घर निर्माण गरि पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको अध्यक्ष धुव्र गिरीले जानकारी दिनुभयो ।

नियमित नभएका विद्यार्थीहरुपनि अहिले नियमित रुपमा विद्यालय आएका छन् उहाँले भन्नुभयो  दिवाँ खाजाको रुपमा वालवालिकालाई विद्यालयमै खाना खाने व्यवस्था मिलाएका हौं ।

पेटभरी खान नपाएर वालवालिका विद्यालय आउन छाडेपछि इम्प्याक्टले दैनिक रुपमा विद्यालयमै खाना खुवाउने व्यवस्था मिलाएको हो । त्यसका लागि इम्प्याक्टले विद्यालय भवनको एउटा कोठामा भान्साकोठा बनाएको छ ।

 विगत ६ महिना देखि उक्त विद्यालयमा २ सय ८० जना विद्यार्थीलाई विद्यालयमै खाना खुवाउदै आएको इम्प्याक्ट शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी भान्सा कोठा र खाना खुवाउने कार्यक्रमको उद्घाटन गरेको हो । विद्यालयमा विद्यार्थी नियमित नभएपछि वालबालिका लिन शिक्षक घरघरै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो ।

भोको पेटमा विद्यालय आउने पर्ने बाध्यताका कारण बाटैमा विद्यार्थी निदाउने गरेका थिए । पेटभरी खान नपाएर विद्यार्थी विद्यालयन नआएको थाहा पाएपछि विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । विद्यालयमै खानाको व्यवस्था गरेपछि विद्यार्थीको संख्या बढेको गिरीले बताउनुभयो।

विगतमा पनि सरकारले उपलब्ध गराएको १५ रुपैया प्रति विद्यार्थाी रकमले खाजा अपुग भएको अवस्थामा बर्षभरि पुग्ने गरि खाजा सुरु गरेको विद्यार्थीहरु निकै खुसी देखिन्थे ।
 

गत वर्षसम्म विद्यालयका सबै शिक्षक पालैपालो बालबालिकाको घरैमा गएर सम्झाउँदा पनि नियमित विद्यालय नआउँने बालबालिका अहिले नियमित विद्यालय आउँछन् । ‘अपवाद बाहेक सबै दिन बालबालिका कक्षामा नै भेटिन्छन् ।’ प्रधानाध्यापक दिपबहादुर गुरुङले भने, ‘ अहिले पौष्टिक तत्वसहित पेटभरि पुग्ने खाना पाउदा विद्यार्थी नियमित आउँछन् ।’

 दुई बर्ष अगाडी ईच्छाकामना गाँउपालिकाको वडा नम्बर १ मा पर्ने हात्तीवाङ र चौकीडाँडा बाहेकका ४ सय ८० घरमा “सवै यात्राको सुरुवात एक सपनाबाट सुरु हुन्छ” नामक परियोजनाकै क्रममा आएको सुझाव अनुसार यहाँ विद्यालय खाजालाई थप व्यवस्थित बनाएको गिरीको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक गुरुङलाई गिरीसहित सपना भिलेजकी कार्यकारी निर्देशक बर्षा गिरी, कार्यक्रम निर्देशक सुजन बस्नेत, समाजसेवी गायत्री गिरी विष्टले भान्छाका लागि आवश्यक भाडाकुडा, खाघान्नसहित पहिलो दिनको पौष्टिक खाना खुवाएका थिए । यस स्कुलमा खाजा कार्यक्रमका लागि सपना भिलेजले १० लाख रुपैयाँ लगानी गरेको छ । भने विद्यालयमा २ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

images
प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - २३:०४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology