Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण

शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण

images
शर्माद्वारा विद्यालय कर्मचारीको दरबन्दी, पेन्सन र तलबबारे सरकारको ध्यानाकर्षण
images

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य (सांसद) विश्वप्रकाश शर्माले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब वृद्धि गर्न शिक्षामन्त्रीलाई सुझाव दिएका छन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै महामन्त्री शर्माले शिक्षामन्त्री अशोक राईलाई सो सुझाव दिएका हुन् ।

उनले संसदमा भने, ‘विद्यालयमा टङ टङ टङ टङ घण्टी बजाउने, अनि खन खन खन खन खन खन खन लेखाको कर्मचारीले तलब गन्ने अनि गन्दै गर्दा आफ्नै दरबन्दी, आफ्नै तलबमान र आफ्नै पेन्सन पट्टाको टुंगो पाउँदैन । बुढेसकालमा पुगेको त्यो विद्यालय कर्मचारीले मेरो देशको सरकारको जय होस् भनेर गीत गुञ्जाउँदैन । शिक्षामन्त्रीको ध्यान पुगोस् ।’

 

images
प्रकाशित मिति :जेठ १, २०८० सोमवार - ०९:०१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology