Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कुरिनटारको इच्छाकामना मन्दिरमा धर्मशाला निर्माण, प्रदेश सांसद कृष्ण सिलवालद्वारा उद्घाटन

कुरिनटारको इच्छाकामना मन्दिरमा धर्मशाला निर्माण, प्रदेश सांसद कृष्ण सिलवालद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

२६, बैशाख २०८०
कुरिनटारको इच्छाकामना मन्दिरमा धर्मशाला निर्माण, प्रदेश सांसद कृष्ण सिलवालद्वारा उद्घाटन
images

कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटार स्थित मन्दिर परिषरमा निर्माण गरिएको धर्मशाला भवनको उद्घाटन गरिएको छ । आज प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले एक कार्यक्रमकाबिच धर्मशाला भवनको उद्घाटन गर्नुभएको हो । धर्मशाला भवनको उद्घाटन गर्दे प्रदेश सांसद सिलवालले आफुहरुले भर्खर युवा अवस्था हुदाँ देखी परिकल्पना गरेको कुरा पुरा हुदैँ गएको बताउनुभयो ।

सांसद सिलवालले भन्नुभयो, ‘ हामी भर्खरको यूवा हुदाँ केही गर्नुपर्छ इच्छाकामना माईलाई साक्षी राखेर इमानदारितापूर्वक यो ठाउँलाई परिवर्तन गर्नुपर्छ भनेर युवा रगत एकदमै बलेका बेला हामीले जो परिकल्पना गरेका थियौँ, आज साकार भएको छ , यति ठूलो भव्य महल, तमाम मन्दिरहरु देख्दा जहाँ हामीले आस्था राख्छौँ, जहाँ इश्वर हुन्छ त्याहाँ सत्य हुन्छ, जहाँ सत्य हुन्छ, त्याहाँ जीत हुन्छ भन्ने भनाई प्रति गर्व लागेको छ , इच्छाकामना माई जसले हामीलाई सतमार्ग हिड्नका लागि प्रेरणा दिनुभएको छ , दिनुहुने छ र सबैको रक्षा गर्नुहुनेछ भन्ने विश्वास छ ।’

उहाँले पहिलो पटक २०४० सालमा मन्दिरको संरक्षणका लागि आफुहरुले खाल्टो पुरेर वृक्षणरोपण गरेको स्मरण गर्नुभयो । तत्कालिन आफुहरुले गठन गरेको क्लबले मन्दिर संरक्षणका लागि उक्त कार्य गर्दा विभिन्न व्यक्तिबाट झमेला बेहोर्नु परेको बताउनुभयो ।

साथै मन्दिर जग्गा व्यक्तिको नाममा दर्ता हुनै लाग्दा मालपोत कार्यालयमै गएर कागजपत्र च्याति मन्दिरको जग्गा बचाउन सफल भएको पनि बताउनुभयो ।

‘म भरतपुर गएको थिएँ, मन्दिरको जग्गा कुनै व्यक्तिको नाममा जादैँ छ भनेर थाहा पाएँ , मालपोत कार्यालयमा जादाँ मालपोत अधिकृतको टेबलमा रातो कलमले सहि छाप गर्न ठिक्क पारेको भेटेँ, तत्काल एक्लै प्रतिवाद गरेँ र त्यो दिन रोके, म फर्किएर रुद्र बहादुर गुरुङ कर्ण बहादुर काका उहाँहरुलाई यस्तो हुदैँछ भनेर जनाकारी गराई यसको संरक्षण हामीले गरेन भने भोली पुर्जा निक्लिन्छ भने, त्यसपछि कुरिनघाटको आमा समूहका गोमा घिमिरे दिदी लगायत र कुरिनटारका केही युवाहरुको टोली मालपोल कार्यालयमा बस नै रिजर्भ गरेर गई लडाई गरि खोसेर च्यादिएपछि दर्ता हुने काम रोकियो । त्यो जग्गा २०५४ सालमा म गाविस उपाध्यक्ष हुदाँ सार्वजनिक गर्नुपर्छ भनेर लागी परेर सार्वजनिक गर्न सफल भएँ । ’उहाँले इच्छाकामना मन्दिरको संरक्षण र विकासका लागि आफु सधैँभर लागि परिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मन्दिर समितिले गरेका कामको प्रशंसा गर्नुभयो । यहाँ के आवश्यकता के हो कस्तो किसिमको सहयोग गर्नुपर्छ गाउँपालिका सधैँ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल, गाउँपालिकाकी पूर्वअध्यक्ष गीता गुरुङ , नेकपा माओवादी केन्द्रका इन्चार्ज सवित्री सिलवाल चन्दादाताको तर्फबाट समाजसेवी ध्रुब प्रसाद त्रिपाठी लगायतले बोल्नुभएको थियो । उहाँहरुले मन्दिर व्यवस्थापन समितिले गरेका कामहरुको खुलेर प्रंशसा गर्नुभएको थियो ।

८० लाख ९६ हजार ७०६ रुपैयाँ लागतमा सम्पन्न उक्त भवनमा ११ वटा कोठा र एउटा भव्य सभाहल रहेको छ । प्रदेश ,गाउँपालिका, मन्दिरको आन्तरिक श्रोत र उपभोक्ता समिति मार्फत धर्मशाला भवन निर्माण गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्जना अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । शंकर सिलवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - २२:०२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology